पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसिपका नाममा ठगी, दुई जना पक्राउ
२३ पुष, २०८१, मगलवार
- पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्री समेत दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरा : पोखरा महानगरपालिका वडा नम्बर २३ स्थित बाम्दीमा संचालित ‘पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप–२०२४’को नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्री समेत दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
गएको वर्ष चैत २३ र २४ गते बाम्दिमा संचालित उक्त च्याम्पियनसिपमा प्रथम भएको समूहलाई पुरस्कार बापतको एक लाख ५० हजार रुपैंयाँ नदिएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङ निवासी बस्ने वर्ष २९ को क्षेत्रीको साथमा उक्त च्याम्पियनशिपका संचालक तथा निर्देशकअछामको सिउडी गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष ३१ को जगत डोलीलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पोखराको लेकसाइडबाट पक्राउ परेका उनीहरुबिरुद्ध कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
उनीहरुले उक्त च्याम्पियनशिप्मा सहभागी हुन् समूह दर्ता शुल्क बापत १७ हजार रुपैंयाँ लिएको भए पनि च्याम्पियनलाई दिनुपर्ने एक लाख ५० हजार पुर्याइ नदिएको र पैसा दिनुको सट्टा लुकिछिपी हिडेपछि प्रहरीमा उजुरी परेको प्राप्त समाचारमा जनाइएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।